२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सुन्दरी प्रतियोगिता भइरहेको होटलमा आगलागी, ११ जनाको मृत्यु

सुन्दरी प्रतियोगिता भइरहेको होटलमा आगलागी, ११ जनाको मृत्यु

एजेन्सी । जर्जियाको एक होटलमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने २१ जना भन्दा बढी घाइते भएका छन् ।

ब्ल्याक सि रिसोर्टमा आगलागी हुँदा २२ औं तलामा रहेकोे लिओ ग्राण्ड होटल र क्यासिनोमा रहेका मानिसहरुको मृत्यु भएको त्यहाँको क्षेत्रीय स्वास्थ्य मन्त्रालयलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ । मृत्यु हुनेमा एक इरानी र १० जर्जियन नागरिक रहेका छन् ।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था स्थिर रहेको बताइएको छ । मिस जर्जिया २०१७ का प्रतिष्पर्धीहरु खाना खान लागेका बेला होटलमा अचानक आगलागी भएको समाचारमा उल्लेख छ ।

सबै २० प्रतिष्पर्धि र कम्तीमा अन्य एक सय जना पाहुना र कर्मचारीहरु आपतकालीन द्वारबाट बाहिर निस्किएर बाँच्न सफल भएका छन् । आगलागीको कारण खुल्न सकेको छैन ।

जर्जियाका प्रधानमन्त्री जोर्जि केभिराकासभिलीले मृतकका परिवारलाई समवेदना व्यक्त गर्दै घटनाको छानवीन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij