काठमाडौं । विराट कोहली भारतको तीन वटै भर्सनको कप्तान नियुक्त भएका छन्।उनलाई महेन्द्रसिह धोनीको स्थानमा एकदिवसीय र टि–२० को पनि कप्तान नियुक्त गरिएपछि तीन वटै भर्सनको कप्तान नियुक्त भएका हुन्।
धोनीले बुधबार मात्र एकदिवसीयको पनि कप्तानीबाट राजीनामा गरेका थिए। विराटले जनवरी १५ देखि इङ्ल्यान्डविरुद्ध सुरु हुने एकदिवसीय र टि–२० को नेतृत्व सम्हाल्ने छन्।
एकदिवसीय र टि–२० मा विराट कप्तान नियुक्त भएपछि पूर्व कप्तान धोनी भने टोलीमा समावेश रहनेछन्। यस्तै, भर्खरै वैवाहिक बन्धनमा बाधिएका युवराज सिंह पुनः टोलीमा फर्किएका छन्। यो सिजन घरेलु सत्रमा युवराजले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनी ३ वर्षपछि टोलीमा फर्किएका हुन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij