
इजिप्ट । इजिप्टको उत्तरी सिनाइ प्रान्तस्थित एउटा मस्जिदमा बम र बन्दूक आक्रमण हुँदा मर्नेको संख्या २ सय ३५ नाघेको रोयटर्सले जनाएको छ।
एपी समाचार एजेन्सीका अनुसार चार वटा अफ रोड गाडीबाट शुक्रबारे प्रार्थनामा रहेका मानिसहरुमाथि अन्धाधुन्ध गोली चलाइएको थियो।
इजिप्टमा सन् २०१३ देखि मुस्लिम विद्रोहीहरुविरुद्ध कारबाही चर्किएको छ। सिनाइ प्रायद्विपमा नियमित रुपमा आक्रमण भइरहे पनि इजिप्टको इतिहासमै यो अहिलेसम्मकै सबैभन्दा भयङ्कर आक्रमण हो। घटनामा कम्तिमा १२५ जना घाइते छन्।
आक्रमण कुन समूहले गरेको भन्ने बारे स्पष्ट भइसकेको छैन।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij