२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

प्रचण्डले यसरी सम्झिए छोरा प्रकाशलाई

प्रचण्डले यसरी सम्झिए छोरा प्रकाशलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आकस्मिक हृदयघातका कारण निधन भएका छोरा प्रकाश आफ्नो छोरामात्रै नभएर सफलताका मुख्य सुत्रधार रहेको स्मरण गरेका छन् ।

प्रचण्डले बिहीबार आफ्नै निवासमा भएको श्रद्धान्जली सभामा भावुक कृतज्ञता मन्तव्य व्यक्त गर्दै यस्तो बताएका हुन् । उनले भनेका छन्–कलिला दुई छोरालाई टुहुरा बनाएर उनी यति थोरै उमेरमै हामीबाट सधैंका लागि बिदा भए ।”

“म पूर्णकालिन राजनीतिमा लागेको तीन वर्षपछि २०३८ सालमा प्रकाशको जन्म भयो । म भूमिगत राजनीतिमा थिएँ, कहिलेकाँही मात्र घर आउँथे, त्यो पनि राति अबेला आउँथेँ र बिहान झिसमिसेमै हिँडिहाल्थेँ ,” प्रचण्डले पुराना घटना स्मरण गर्दै भनेका छन्,“सुरक्षाका कारण एइकपछि अर्को स्कुल फेर्दाफेर्दै उनको पढाई लथालिङ्ग भयो । अरु थुप्रै नेपाली युवाजस्तै कलिलैमा हतियार बोकेर क्रान्ति र नेतृत्वको रक्षाका लागि उनी पूर्णकालिन कार्यकर्ता भए । अहिले सम्झँदा यस्तो लाग्छ, उनी आफ्नो जीवनमा कहिल्यै पनि किशोर हुन पाएनन्, बालकबाट सिधै युवा भए । सक्रिय राजनीतिक जीवनका कारण लालनपालनमा मैले बाबुका रुपमा उनीमाथि न्याय गरिनँ । गर्न सकिनँ ।”
प्रचण्डले आफु प्रधानमन्त्री हुँदा दोस्रो कार्यकालमा उनको सहयोगविना सफल हुन नसक्ने पनि स्मरण गरेका छन् ।

“केहीले कमरेड प्रकाशलाई केवल मेरो छोरामात्र ठाने र त्यसैमा उनको व्यक्तित्व सीमित गर्न खोजे । तर, उनी प्रविधिमा, संगठनमा र व्यवस्थापनमा अत्यन्त पोख्त थिए ।

म प्रधानमन्त्री हुँदा र त्यसपछि पनि मेरो निजी सचिवालयमा उनी मेरो छोरो भएका कारण होइन, त्यो भूमिकाका लागि आवश्यक योग्यता र क्षमता भएका कारण जिम्मेवारीम थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij