
रसुवा । हिमाली गाउँ लाङटाङमा कुनै पनि उम्मेदवारले अहिलेसम्म मत माग्न पुगेका छैनन् । मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मत माग्न कुनै पनि दलका उम्मेदवार यहाँ पुग्न नसकेको स्थानीय मतदाता पेम्बा लामाले बताए ।
दुई दिनको उकालो हिड्न परेपछि मत माग्न यहाँ नआएको भएपनि टेलिफोनमार्फत उनीहरुको अगुवा कार्यकर्तासँग कुराकानी भइरहेको उनले बताए ।
समुद्री सतहदेखि तीन हजार ६ सय उचाइमा बसोबास गर्ने यहाँका २ सय ९२ मतदाताले दलगत रुपमा सबैलाई सम्मानजनक मतदान गर्ने बताइएको छ । हिमाली जिल्लामा बस्ने जनताको दुःख, सुख बुझ्नका लागि उम्मेदवारलाई लाङटाङ आउन त्यहाँका मतदाताले आग्रह गरिएको छ । रासस
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij