
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्न खोज्नेलाई कडा कारवाही गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।
सोमबार गृहमन्त्रालयमा भएको प्रदेश नम्बर ३ को सुरक्षा गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले नागरिकको मतदान गर्न पाउने अधिकारलाई रक्षा गर्न आवश्यक कदम चाल्न निर्देशन दिएका थिए ।
उनले मतदानको दिन पनि कुनै अप्रीय घटनाहरु हुन सक्ने भन्दै सचेत रहेर सुरक्षा व्यवस्था मजबुद राख्न निर्देशन दिएका थिए ।
गोष्ठीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित नेपाली सेनाका उच्च अधिकारीहरुको सहभागिता थियो । त्यसैगरी गोष्टीमा प्रदेश नम्बर ३ का १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको पनि सहभागिता थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij