
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झापाबाट काठमाडौं फर्किनु भएको छ । भर्खरै मात्र दाहाल झापास्थित बीएनसी अस्पतालबाट हेलीकोप्टरमार्फत सिधै काठमाडौंस्थित नर्भिक अस्पताल थापाथलि आउनु भएको हो ।
चुनवी अभियानका क्रममा झापामा रहनुभएका दाहाल छोराको निधन भएको खबर पाएपछि सबै कार्यक्रम स्थागित गरी आफना छोरीज्वाइँका साथ काठमाडौं आउनु भएको छ । उहाँलाई हिंड्ने बेलामा नेकपा एमालेका अध्यक्ष केपी ओलीले बिदा गर्नुभएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij