
नुवाकोट । नुवाकोटको ककनी गाँउपालिकामा स्थित रानीपौवा बजारमा नेपाली कांग्रेसको प्रचारटोलीमाथी बाम गठबन्धनका कार्यकर्ताले आक्रमण गरेको छ । आक्रमणमा परी झण्डै आधा दर्जन कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।
निर्वाचन प्रचारप्रसारको क्रममा शान्तिपूर्ण रुपमा नारा लगाउदै हिडेका नेपाली कांग्रेका कार्यकर्तामाथी बाम गठबन्धकको कार्यकर्ताले आक्रमण गरेको प्रत्यक्षदर्शी सिताराम थापाले जानकारी दिए ।
आज विहान १० बजे ककनी गाँउपालिकामा नै नेपाली कांग्रेसको तर्फबाट नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेद्वार कांग्रेस नेता रामशरण महतलाई लक्षित गरी एम्बुस विस्पोट गराइएको थियो । बम आक्रमणमा परेकाहरुलाई उपचारको लागी राजधानी ल्याएको केही घण्टा नबित्दै फेरी बाम गठबन्धनका कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई आक्रमण गरेका हुन् ।
घटनास्थलमा अहिले नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij