२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

रोल्पामा सभामुख ओनसरी घर्ती चढेको गाडीलाई लक्षित गरी बम प्रहार

रोल्पामा सभामुख ओनसरी घर्ती चढेको गाडीलाई लक्षित गरी बम प्रहार

रोल्पामा निवर्तमान सभामुख ओनसरी घर्ती चढेको गाडीलाई लक्षित गरी बम प्रहार

रोल्पा । रोल्पामा माओवादी केन्द्रका नेताहरुलाई लक्षित गरी शुक्रबार बम प्रहार भएको छ । रोल्पाको लिवाङमा वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न सुलिचौरबाट लिवाङ जाँदै गर्दा लिबाङ नजिकै भदौरे जंगलमा निवर्तमान सभामुख ओनसरी घर्तीमगर, नेताहरु कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुईवटा बम प्रहार भएको प्रहरीले जनाएको छ ।

भदौरे जंगलको भिरबाट नेताहरुको गाडी भन्दा १० मिटर अगाडि बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो । घटनामा कुनै क्षति नभएको बताइएको छ । बम प्रहार भए लगत्तै प्रहरीले भदौरे भिरमा घेरा हालेर बम प्रहार गर्नेसमूहको खोजी गरिरहेको छ ।

सभामुख घर्तीलगायत वर्षमान र महरा लिवाङमा पुगिसकेका छन् । लिवाङ पुगेपछि नेता महराले बम आक्रमण हुनु अराजनीतिक भएको प्रतिक्रिया दिनुभएको छ । महरा कार्यक्रममा सहभागी हुन दाङबाट रोल्पा आउनुभएको हो । रोल्पा प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका वर्षमान र सभामुख ओनसरी रोल्पामै हनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij