२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मंसिरको जाडोमा सर्वोच्चका न्यायाधीशहरुलाई साढे नौ बजे हाजिर भइसक्न निर्देशन

मंसिरको जाडोमा सर्वोच्चका न्यायाधीशहरुलाई साढे नौ बजे हाजिर भइसक्न निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुले भोलि मंसिर १ गते शुक्रबारदेखि बिहान साढे नौ बजे नै कार्यालयमा हाजिर भइसक्नुपर्नेछ।

सर्वोच्च अदालतको नियमावलीमा अदालतको कार्यसमय बिहान १० बजेदेखि ५ बजेसम्म रहने र इजलास लाग्ने समय त्यसको आधा घण्टापछि अर्थात् साढे १० बजे रहने व्यवस्था गरेकोमा नियमावलीको नियम ४ को उपनियम ३ ले प्रधान न्यायाधीशलाई दिएको अधिकार प्रयोग गरी
कार्यालय समय र इजलास सञ्चालनको समय तोकिएको हो।

कात्तिक ३० गते भएको निर्णय अनुसार अब न्यायाधीशहरु अदालत आउनु पर्ने समय बिहान साढे ९ बजे हुनेछ भने बिहान साढे १० बजेदेखि इजलास लाग्ने समय तोकिएको छ।

विश्रामको समय दिनको १ बजेदेखि २ बजेसम्म एक घण्टा तोकिएको छ। त्यसैगरी अपराह्न नियमित कार्यालय समयपछि समेत आधा घण्टासम्म इजलासको कार्य गर्न सकिने गरी तोकिएको छ।

सर्वोच्च अदालतमा विद्यमान कार्यबोझ र उपलब्ध न्यायाधीश संख्यासमेतको अवस्थाबाट मुद्दाको फर्छ्यौट संख्यालाई वृद्धि गर्नका लागि प्राप्त सुझावलाई कार्यान्वयन गर्न यस्तो निर्णय गरिएको सर्वोच्चले विज्ञप्तिमार्फत् जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij