२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

अनिल गुरुङद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

अनिल गुरुङद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अनिल गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । एएफसी एशिया कप २०१९ छनौटका लागि मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको नेपाल र फिलिपिन्सबीचको खेलपछि उनले सन्यास घोषणा गरेका हुन्।सो खेल गोलरहित बराबरीमा टुंगिएको थियो।

८० औं मिनेटमा मैदान प्रवेशका उनले आफ्नो अन्तिम खेलमा उत्कृष्ट प्रदर्शनको प्रयास गरेका थिए। अनलिको उपस्थितिसँगै नेपालले फिलिपिन्समाथि दवाब बढाए पनि गोल गर्न भने सकेन।

एक दशक लामो अन्तर्राष्ट्रिय फुटबल करिअरमा उनले ५० खेल खेल्दै ९ गोल गरेका थिए। सन् २००७ को अक्टोबरमा ओमानविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा प्रवेश पाएका अनिल दश वर्षसम्म टोलीमा रहे।

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए पनि घरेलु लिगमा खेलिरहने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij