२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

यी हुन् रुस विश्वकपमा छनोट भएका २८ राष्ट्र

यी हुन् रुस विश्वकपमा छनोट भएका २८ राष्ट्र


एजेन्सी । अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि अहिलेसम्म आयोजक रसियासहित २८ राष्ट्र छनोट भइसकेका छन्। आयोजकको हैसियतमा रुस सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी २७ राष्ट्रले छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाएका हुन्।

अहलेसम्म पाँच पटकको विजेता ब्राजिल, विश्व च्याम्पियन जर्मनी लगायतका राष्ट्र छनोट भइसकेका छन्। यस्तै आइसल्याण्ड र पनामा पहिलो पटक विश्वकपमा छनोट भएका छन्।

अब युरोपेली प्लेअफबाट २ अन्तरमादेशीय प्लेअफबाट २ गरी ४ राष्ट्रको टुङ्गो लाग्न बाँकी छ।

यी हुन् अहिलेसम्म छनोट भएका राष्ट्र

युरोप : रुस, बेल्जियम, जर्मनी, इंगल्याण्ड, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्विया, पोर्चुगल, फ्रान्स, स्वीट्जरल्याण्ड, क्रोएसिया,

एसिया : इरान, जापान, दक्षिण कोरिया, साउदी अरेबिया

दक्षिण अमेरिका : ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्विया

उत्तर अमेरिका : मेक्सिको, कोस्टारिका, पनामा

अफ्रिका : नाइजेरिया, इजिप्ट, सेनेगल, मोरोक्को, ट्युनिसिया

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij