
नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार तथा कांग्रेस प्रभावशाली नेता एवम पूर्व अर्थमन्त्री डा.रामशरण महतले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन् ।
गाउँगाउँमा मत माग्दै जनताबाट पाएको माया र जनताहरूले आफू उत्साहित भएको महतले बताए ।
महतले भने- “कांग्रेसकै नेतृत्वमा आयो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, अब कांग्रेसकै नेतृत्वमा अघि बढ्छ समृद्धिको अभियान ।“जनताले चाहेको बाम गठबन्धनले कुनै पनि हालतमा रोक्न सक्दैन ।
नेता महतले मुलुकको हरेक परिवर्तनमा नेतृत्व भूमिका निर्वाह गर्दै नेपाली कांग्रेसको नेतृत्वमा नै लोकतान्त्रिक नेपालको विकास र समृद्धिको अभियान अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । मुलुकको विकासमा नेपाली काँग्रेसले खेलेको भूमिकाको नेपाली जनताले उच्च मूल्यांकन गर्ने समय आएको बताए ।
अन्य प्रदेशको तुलनामा यसपटकको प्रदेशसभा र प्रतिनिधी सभाको निर्वाचन नुवाकोटमा विशेष रुपमा हेरीएको बताइका छन् । नुवाकोटमा दुई वटा प्रदेश अन्तर्गत नेपाली कांग्रेसको प्रभावशाली नेताहरू क्रमश क्षेत्र न १ बाट पूर्व अर्थमन्त्री डा. रामशरण महत लोक्तान्त्रिक गठबन्धन बाट हित बहादुर तमाङ बाम गठबन्धन वा एक अर्कामा प्रतिस्पर्धामा छन् भने क्षेत्र न. २ बाट नेपाली कांग्रेसको प्रभावशाली नेता अर्जुन नरसिहं के.सी र बाम गठबन्धनबाट एमाले नेता नारायण प्रसाद खतिवडा रहेका छन् ।
क्षेत्र नम्बर १ मा महत विरुद बाम गठबन्धनका माओवादी उम्मेदवार हित बहादुर तमाङ चुनावी मैदानमा रहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij