२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

प्रत्यक्षतर्फको मतपत्र सार्वजनिक १ सय ११ वटा भिन्नाभिन्नै मतपत्र

प्रत्यक्षतर्फको मतपत्र सार्वजनिक १ सय ११ वटा भिन्नाभिन्नै मतपत्र

काठमाडौं । निर्वाचन आयोगले आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीको मतपत्र सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीको मतपत्र यसअघि नै सार्वजनिक गरिएको थियो ।

हाल आयोगले पहिलो चरणमा सम्पन्न हुने ३२ वटा जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रअनुसार भिन्दाभिन्दै मतपत्र तयार पारेको हो । पहिलो चरणको ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्र छन् ।

आयोगले प्रतिनिधिसभा प्रदेशसभा निर्वाचन क्षेत्रलाई अलगअलग छुट्ट्याएर सोहीअनुसार मतपत्र तयार पारेको छ । जसअनुसार १ सय ११ वटा अलगअलग मतपत्र तयार पारिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राजनीतिक दलका उम्मेदवारहरूका आधारमा अलगअलग मतपत्र तयार पारिएको बताए । मतपत्रमा सम्बन्धित निर्वाचन क्षेत्रमा उम्मेदवार नभएको दलको चुनाव चिह्न राखिएको छैन । यस हिसाबले मतपत्र छोटो र मतदानका लागि सजिलोसमेत भएको छ ।

‘जुनजुन दलबाट उम्मेदवारी दिनुभएको छ, ती दलहरूको मात्रै चुनाव चिह्न हुने गरी मतपत्र तयार पारिएको छ,’ प्रवक्ता ढकालले भने, ‘यसकारण एउटा निर्वाचन क्षेत्र र अर्को निर्वाचन क्षेत्रको मतपत्र अलगअलग बनेको छ ।’

अब मतदाताहरूले प्रतिनिधिसभा र प्रदेशसभाका लागि अलगअलग मतपत्र पाउनेछन् । उनीहरूले दुवै मतपत्रमा आपूmले रोजेको उम्मेदवारलाई मतदान गर्न सक्नेछन् ।

मतदाताहरूले आप्mनो प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रअनुसार दुई अलगअलग मतपत्रमा मतदान गर्नुपर्ने भएको हो । तर, समानुपातिकतर्पmको मतदानका लागि भने मतदाताहरूले एउटै पानाको मतपत्र पाउनेछन् । जसमा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभा सदस्यका लागि आपूmले रोजेको राजनीतिक दललाई मतदान गर्नुपर्ने हुन्छ । समानुपातिक मतपत्र भने प्रदेश अनुसार फरक फरक रहेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगद्वारा आयोजित प्रतिनिधि र प्रदेशसभा निवाचन तयारी तथा आचारसंहितासम्बन्धी छलफलमा सहभागी हुँदै नेपाल सरकारका सचिवहरु । तस्बिर : रासस
आयोगका प्रवक्ता ढकालका अनुसार हाल दुवै निर्वाचन प्रक्रियाका मतपत्रहरू ३२ वटै जिल्लामा लगिएका छन् । ‘विकट जिल्लामा मतपत्र पु¥याउन हेलिकोप्टरको प्रयोग गरिएको छ,’ उनले भने, ‘सडक सञ्जालले जोडिएको सुगम क्षेत्रमा भने गाडीबाटै मतपत्रलगायत निर्वाचन सामग्रीहरू लगिएका छन् ।’

उनका अनुसार मतदान हुनु तीन दिनअघि प्रत्येक मतदान केन्द्रमा ६२ प्रकारका निर्वाचन सामग्री लगिनेछन् ।भोट माग्दा भोट हाल्ने तरिका पनि सिकाउन आयोगको आग्रहयसैबीच, निर्वाचन आयोगले मतदाता शिक्षाका लागि समय कम रहेको भन्दै राजनीतिक दलहरूलाई आफै मतदान शिक्षा दिन अनुरोध गरेको छ । तर, आयोग आपंैmले पनि १५ दिन मतदाता शिक्षा दिनेछ । आपूmले दिएको मतदाता शिक्षा पर्याप्त नहुने भएकाले दलहरूलाई आग्रह गरिएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । उनका अनुसार आयोगले हरेक जिल्लामा राजनीतिक दलका युवाहरूलाई मतदाता शिक्षासम्बन्धी तालिम प्रदान गरेको छ ।

‘मतदाता शिक्षाका लागि हामीले राजनीतिक दलहरूलाई प्रयोग गरेका छौ, उहाँहरूलाई हामीले अनुरोध गरेका छौ,’ प्रवक्ता ढकालले भने, ‘तपाईहरूले भोट माग्दा भोट हाल्ने तरिका पनि सिकाउनुस् भनेका छौं ।’

पटकपटक निर्वाचन कार्यतालिका परिवर्तन हुँदा तथा मतपत्रसमेत परिवर्तन हँुदा समय अभावले गर्दा पर्याप्त मात्रामा जनतालाई मतदाता शिक्षा दिन नसकिएको आयोगले जनाएको छ । ‘तर यसको अर्थ हामीले केही नगर्ने भन्ने होइन,’ ढकालले भने, ‘हामीसँग अब पर्याप्त समय छैन, त्यसैले राजनीतिक दलहरूले पनि अब भोट माग्दाखेरि भोट हाल्ने तरिका पनि सिकाउनुप¥यो भन्ने हो ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij