२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

जलवायु परिवर्तनको उच्च जोखिमको सूचीमा डोल्पा

जलवायु परिवर्तनको उच्च जोखिमको सूचीमा डोल्पा


डोल्पा । डोल्पा जिल्ला जलवायु परिवर्तनको उच्च जोखिमको सूचीमा रहेको छ । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (लापा) ले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । राष्ट्रिय अनुकुलन कार्यक्रमअनुुसार डोल्पा जलवायु परिवर्तनको उच्च जोखिममा रहेको लापाले जानकारी दिएको छ । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले डोल्पा जिल्लामा सन् २०१३ देखि जलवायु परिवर्तनसम्बन्धी जनचेतनामूलक काम गरिरहेको छ ।

डोल्पा जिल्लाका जनप्रतिनिधिलाई जलवायु परिवर्तनले पार्ने प्रभाव र आगामी दिनमा स्थानीय स्तरबाट जलवायु परिवर्तनमा पर्ने असर कम गर्ने विषयमा आयोजित कार्यक्रममा लापा कार्यक्रमका जिल्ला संयोजक सन्तोष खनालले सो तथ्यांक प्रस्तुत गरेका थिए । उनले भने, ‘डोल्पा उच्च जोखिममा छ तर स्थानीय स्तरबाट केही पहल भयो र मूलप्रवाहीकरणमा ल्याउन सके जोखिम न्यूनीकरण गर्न सकिन्छ ।’

दैनिक रूपमा बढ्दो पृथ्वीको तापमानले जलवायु परिवर्तनमा ठूलो प्रभाव पारेको र बेलैमा नसोच्ने र लापर्बाही गरे भयावह अवस्था बेहोर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ, ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले बताए ।

जिल्लाका ४० जनाभन्दा बढी जनप्रतिनिधिको उपस्थितिमा रहेको कार्यक्रममा डोल्पा जलवायु परिवर्तनको ठूलो असरभित्र पर्ने हिमाली जिल्ला भएको ठूलीभेरी नगरपालिकाका कार्यकारी अधिकृत गोविन्द सुनारले बताए ।

पहिलो चरणको कार्यक्रममा साबिकका काइगाउँ, लिकु, रह, लावण र शहरतारा गाविसमा वलवायु परिवर्तनका जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको जिल्ला संयोजक खनालले जानकारी दिए ।

सन् २०१३ देखि २०१७ सम्म चलेको कार्यक्रममा स्थानीयस्तरमा स्वास्थ्यसम्बन्धी कार्यक्रम, स्वास्थ्यका सामग्रीहरू, सुधारिएका घट्ट निर्माण, सुधारिएका फलामे चुलो वितरण, नहर सुधार, वृक्षरोपण, निजी नर्सरी निर्माणजस्ता काम गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij