२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

जंकफुडप्रति बालबालिकाको मोह

जंकफुडप्रति बालबालिकाको मोह

केटका तयारी र बढी मसलायुक्त खाद्य पदार्थलाई जंकफुड भनिन्छ । व्यस्त जीवनशैली र तत्काल खाँदा मीठो स्वादका कारण जंकफुडको प्रयोग भने दिनानुदिन बढ्दै गएको छ । अर्को शब्दमा बुझ्नुपर्दा जुन खानामा पौष्टिकता हुँदैन र नुन, चिनी वा बासना बढी हुन्छ, त्यस्ता खाद्य पदार्थलाई जंकफुडका नामले चिनिन्छ । यस्ता खाद्य पदार्थमा मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने खालका पदार्थहरू बढी मात्रामा राखिएका हुन्छन् । जंकफुडमा शरीरलाई असर गर्ने हड्डी खियाउने अजिनोमोटो नामको तŒवले गर्दा खानेकुरालाई स्वादिलो बनाइदिन्छ । अचेल धेरैजसो बालबालिकाले बढी मात्रामा जंकफुड मन पराउने गर्छन् । विद्यालय जाने उमेरका सबै बालबालिकाले टिफिनमा प्रायः जंकफुडको प्रयोग गरेको पाइन्छ । जंकफुडबारे पर्याप्त जानकारीको अभावमा कतिपय अभिभावकले पनि सजिलोका लागि आफ्ना बालबालिकालाई जंकफुड नै उपलब्ध गराउने गर्छन् । खान छिटो, स्वादिलो र तयारी अवस्थामा उपलब्ध हुने भएकाले पनि यसप्रति बढी आकर्षित हुने गरेको पाइन्छ ।

जंकफुड र यसले स्वास्थ्यमा पार्ने असरबारे लामो समयदेखि बहस हुने गरेको छ । खासगरी यस्ता खानेकुरा उपयोग गर्ने गराउने विषयमा प्रशासनले अनुगमन गर्नुपर्ने र यसका लागि आवश्यक नियमको तर्जुमा हुनुपर्ने विषयमा पनि आवाज उठाने काम भइरहेको छ । सरकारले विसं २०६८ देखि नै विद्यालय हाताभित्र तयारी खाजा बेचबिखन गर्न बन्देज लगाएको छ तर अझै पनि कतिपय अभिभावकलाई त्यसको जानकारीसमेत छैन । यसले गर्दा विद्यालय परिसरमै बालबालिकाले सहज प्राप्त गर्ने गरी बिक्री वितरण गर्ने कार्य पनि रोकिएको छैन । नियम भए पनि त्यसको कडाइका साथ कार्यान्वयन नहुँदा तयारी खाजा निर्वाध रूपले किनबेच भइरहेको छ । प्याकेटका खाद्य पदार्थ रंग हालिएका कुनै पनि खाद्यपदार्थ विद्यालय परिसरमा बिक्री गर्न कानुनतः मिल्दैन । विद्यार्थीहरूले छिटो प्राप्त गर्न सकिने र स्वादिलो हुने भएकोले खान छाडेका छैनन् भने फितलो उपयोग झनै बढ्दो देखिन्छ ।
त्यत्ति मात्रै नभई स्वास्थ्यलाई प्रतिकूल प्रभावसमेत पारेको छ । खाद्य पदार्थ मात्रै नभई पेय पदार्थमा पनि बढी रासायनिक पदार्थको प्रयोगले क्षणिक रूपमा क्यालोरी बढाउने भनिए पनि त्यसले झनै बेफाइदा पु¥याउँछ । त्यस्ता पेय पदार्थले मोटोपना वृद्धि हुने दाँत बिग्रने मधुमेह र मुटुरोग बढ्ने खतरा बढी रहन्छ । जंकफुडको प्रयोगले मस्तिष्कलाई चिनी, बोसो र नुुनको बढी मात्रामा रहेको भोजन बढी रुचाउने बनाउँछ । जंकफुड प्रयोग गर्ने व्यक्ति यसमा पनि महिलाहरूलाई क्यान्सर हुने सम्भावना निकै गुणा बढी हुने तथ्य अनुसन्धानद्वारा पत्ता लागेको छ ।

आफ्ना बालबालिकालाई घरमै बनाइएका खाद्य पदार्थ खानलाई प्रेरित गर्नुपर्छ । जसले स्वास्थ्य र खर्च दुवै बचाउन मद्दत गर्छ । एउटा सचेत अभिभावकले जहिले पनि खाद्य पदार्थको उपयोग गर्दा जंकफुडको उपयोग नगर्नेतर्फ गम्भीर हुन जरुरी छ

सामान्यतया हामी पनि होटल रेस्टुरेन्टमा जाँदा यस्तै खानेकुरा बढी रुचाउने गर्छौं । स्वादिलो र छिटो तयार हुने भएकैले हतारमा रहनेहरूको रोजाइ जंकफुड नै हुन्छ । नियमित जंकफुड खाँदा स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको छ भन्ने कुरामा धेरैलाई हेक्का नै हुँदैन । कतिपयले यो विषयमा सामान्य जानकारी भएको अवस्थामा पनि हेलचेक्रयाइँ गरेको पाइन्छ । यसले गर्दा मन्दवीषझैं यसले मानव स्वास्थ्यलाई क्षति गरिरहेको हुन्छ । जंगफुडको उपयोगबाट मुटु, कलेजो, मिर्गौलालाई असर पार्ने र उच्च रक्तचाप, मधुमेह, युरिक एसिड, कोलेस्ट्रोल हृदयाघात तथा मस्तिष्कघात क्यान्सरसम्मका अनेक रोगले सताउँछ । यसैले कुनै पनि जंकफुडको जथाभावी प्रयोग गर्नु स्वास्थ्यका लागि जोमिख हुन सक्छ ।
जंकफुडमा गरिने अजिनोमोटोले तौल बढाउने हड्डी गलाउने, टाउकोको छातीको पीडा मुटुरोग दम फुडएलर्जी अपच उत्तेजना मस्तिष्कको नोक्सान श्वास लिन समस्या हुने, घाँटी पछाडि र नाडीमा जलन, वाकवाकी कमजोरी हाड मिर्गाैला कलेजोलगायतका अन्य समस्यासमेत ल्याउने कार्य गर्छ । खानेकुरालाई धेरै तताँउदा वा सेकाउँदा अनि त्यसलाई फास्टफुड बनाउँदा खानामा भएको कार्बोहाइड्रेड प्रोटिनजस्ता पदार्थ नस्ट भएर जान्छ । जसले गर्दा त्यसमा पौष्टिकता हराउँदा जंकफुडमा बढी मसला प्रयोग गरिने भएकोले त्यसले प्रत्यक्ष रूपमा शरीरलाई नकारात्मक प्रभाव पार्छ । यस्ता जंकफुड प्रयोग गर्नेहरू विभिन्न रोगको सिकार हुन पुग्छन् ।

तारेको भुटेको र धेरै मसलायुक्त खाद्य पदार्थले पेट र आन्द्रामा असर गरी क्यान्सर दृष्टिमा सहयोग गर्ने भएकोले अहितकारी हुन्छ । आवश्यकताभन्दा बढी ऊर्जा प्राप्त भई शरीरमा जम्मा हुँदा बेचैनी हुने, केही न केही गरिरहने, ध्यान केन्द्रित गर्न नसक्ने, दिमागमा उग्र विचार आउने, ध्वंसात्मक कार्य गर्न अग्रसर हुनेजस्ता समस्या उत्पन्न हुन्छ । नाम नै शक्तिवद्र्धक र इनर्जी भन्ने भएका खाद्य तथा पेय पदार्थले त मुटु र मस्तिष्कमा नै असर पु¥याउँछ । अलिकति मिहेनत गर्ने हो भने आफ्नै घरमा थोरै मूल्यमा शरीरलाई कुनै हानी नपु¥याउने पौस्टिक तŒवयुक्त खानेकुरा मज्जाले तयार पार्न सकिन्छ, जसले स्वास्थ्यमा हानी पनि गर्दैन । वास्तवमा यसतर्फ पर्याप्त ध्यान दिने हो भने स्वास्थ्यसम्बन्धी विभिन्न रोगबाट बच्न र बचाउन सकिन्छ ।
खर्चिलो र स्वास्थ्यलाई हानी गर्ने जंकफुड र फास्टफुडले हामीलाई नराम्रो लतमा फसाइसकेको छ । जंकफुडसम्बन्धी त्यस्ता कडा र प्रभावकारी कानुनसमेत नभएकोले व्यक्ति स्वयं नै सचेत भएर सकेसम्म जंकफुडको प्रयोग नै नगर्ने बानी बसाल्नुपर्छ । आफ्ना बालबालिकालाई घरमै बनाइएका खाद्य पदार्थ खानलाई प्रेरित गर्नुपर्छ । जसले स्वास्थ्य र खर्च दुवै बचाउन मद्दत गर्छ । एउटा सचेत अभिभावकले जहिले पनि खाद्य पदार्थको उपयोग गर्दा जंकफुडको उपयोग नगर्नेतर्फ गम्भीर हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij