
डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई यस पटकको निर्वाचनमा निकै चुनैति हुने देखिएको छ । बाम गठबन्धनको स्थानिय निर्वाचन २०७४ को मतको संख्या हुर्ने हो भने काग्रेस भन्दा झण्डै १० हजार मतको फरक देखिन्छ । स्थानिय निर्वाचनमा नेपालि काग्रेसले १९ हजार ५ यि २३ कमत ल्याएको छ भने एमालले १६ हजार ९ सय १५ र माओवादी केन्द्रले १० हजार ९ सय ४५ मत ल्याएको छ ।
त्यसै गरि २०६४ सालको मत हेर्नेहो भने नेपालीकाग्रेसका उम्मेदवार तथा वर्तमान प्रधानमन्त्रि एवं काग्रेस सभापती शेर वहादुर देउवाले २० हजार ५ सय २९ मत पाएका थिए भने उनका प्रतिद्धिन्दी एकिकृत माओवादीका उम्मेदवार खगराज भट्टले १९ हजार १ सय १सय ६१मत पाएका थिए भने नेकपा एमालेका उम्मेदवार बिक्रम वहादुर शाहीले ७ हजार ९ सय ८२ मत ल्याएका थिए । त्यसै गरि जनर्मोचा नेपालका उम्मेदवार जगत पार्कीले १८ सय १३ मत ल्यानएका थिए । त्यतिखेरै दुबै पार्टीको गठवन्धन भएको थियो । यो संख्या जोड्ने हो भने देउवाको भन्दा झण्डै ८ हजार मतको फरक देखिन्छ ।
तर २०७० सालको निर्वाचनको आकडा हर्ने हा ेदेउवाको मत २३ हजार ९ सय २० थियो भने एकिकृत माओवादीका उम्मेदवार खगराज भट्टको १२ हजार ४ सय ९३ र भने एमालेका डा. तारा जोशीको ७ हजार १ सय ९० मत रहेको थियो । पछिल्लो समय नेपाली काग्रेस भित्रको किचलो र बामगठबँधले देउवालाई जित्न चुनैति रहेको वार एसोसिएसनका अध्यक्ष विष्णु भट्टको भनाई रहेको छ ।
देउवाले जिल्लामा आएर असन्तुष्टहरुलाई मिलाउन नसक्ने हो भने क्रम भंगता हुने सम्भावना वढीरहेको वामपन्थी विष्लेषक हरी प्रशाद भट्टको भनाईरहेको छ । तरदेउवाको व्यक्तित्व हेरेर क्रम भंगता कुनै हालतमा हुननसक्ने नेपाली काग्रेसका तर्फवाट जिल्ला समन्वय समितिमा संयोजक समेत रहेका गणेश प्रशाद भट्टको भनाईछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij