
अर्घाखाँची । एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा कांग्रेस र एमाले माओवादीको गठबन्धनले बागाजागा र नारबाजीसहित उम्मेदवारी दर्ता गराएका छन् ।प्रतिनिधिसभाको लागि नेपाली कांग्रेसबाट डा.रामबहादुर बिसी, नेकपा माओवादीबाट टोपबहादुर रायमाझी, राष्ट्रिय जनमोर्चाबाट शेरबहादुर विसी, नँया शक्तिबाट छन्द पन्थी, एकीकृत राप्रपा राष्ट्रवादीबाट भोजराज दवासे, स्वतन्त्रबाट डिल्लीराज भुसालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
प्रदेशसभा (क) को लागि नेपाली कांग्रेसबाट बिष्णु मुस्कान, एमालेबाट चेतनारायण आचार्य, राष्ट्रिय जनमोर्चाबाट सागर केसी, नँया शक्तिबाट गोकर्ण थापाले उम्मेदवारी दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।प्रदेशसभा (ख) को लागि नेपाली कांग्रेसबाट हिम्मत बहादुर टण्डन, एमालेबाट रामजी प्रसाद घिमिरे, राष्ट्रिय जनमोर्चाबाट झविलाल थापा, नँया शक्तिबाट मनिष सिंहले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij