२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

महरेजले जिते तेस्रो अवार्ड, अफ्रिकाको वर्ष खेलाडी

महरेजले जिते तेस्रो अवार्ड, अफ्रिकाको वर्ष खेलाडी

काठमाडौं । लिसेस्टर सिटीका रियाद महरेजले अफ्रिकाको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । महरेजले कनफेडेरेशन अफ अफ्रिकन फुटबलस् प्लेअर अफ द इयर अवार्ड जितेका हुन् ।

२५ वर्षका अल्जेरियाका महरेजले गएको सिजन लिसेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनले यसअघि पिएफए प्लेअर अफ द इयर र बिबिसी अफ्रिकन फुटबलर अफ द इयरको अवार्ड जितेका थिए । महरेजले बोरुसिया डर्टमुण्डका पिएर एमरिक तथा लिभरपुलका साडियो मानेलाई पछि पारेका हुन् ।

आर्सनका नाइजेरियन खेलाडी एलेक्स इओबीले युवा खेलाडी अवार्ड पाए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij