२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

काठमाडौँको कमलादीमा गोली चल्यो, २ जना पक्राउ

काठमाडौँको कमलादीमा गोली चल्यो, २ जना पक्राउ

काठमाडौँ । राजधानीको कमलादीमा गोली चलेपछि तीन जना भारतीय नागरिक अटोमेटिक पेस्तोल र ठूलो संख्यामा गोलीसहित पक्राउ परेका छन्।

काठमाडौँ प्रहरी प्रमुख एसपी रविन्द्र धानुकका अनुसार कमलादीको हेरिटेज प्लाजा नजिक गोली चले पनि घाइते भने कोही भएका छैनन्। पक्राउ पर्ने भारतीय नागरिकहरुमा जसवीर सिंह, अरविन्द्र सिंह र देवेन्द्र सिं‌ह रहेको एसपी धानुकले बताए। उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ।

भारतीय नागरिकहरुबाट ५१ राउण्ड गोली र ४ वटा म्यागजिन फेला परेको छ। उनीहरु व्यवसायिक भारतीय सुटर रहेको र नेपालका कसैको हत्याको योजनासहित आएको शंका गरिएको छ।

कमलादीको एउटा रेस्टुरेन्टमा खाजा खाएपछि बिल तिर्ने विषयमा विवाद हुँदा सुरुमा प्रहरीको मान्छे भनेको र त्यसपछि तर्साउनका लागि पेस्तोल निकालेर गोली चलाई भाग्ने क्रममा उनीहरु पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij