काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनका लागि भोलि मनोनयन दर्ताका लागि सबै तयारी पूरा भएको जनाएको छ।
आयोगले आज पत्रकार सम्मेलन गरी भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनका लागि समय तोकिएको भन्दै शान्तिपूर्ण रुपमा मनोनयननमा सहभागी हुन राजनीतिक दलःर स्वतन्त्र उम्मेदवारहरुलाई आह्वान गरेको हो।
‘४५ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ २५६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्दै हुनुहुन्छ र त्यसका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भइसकेको जानकारी गराउन चाहन्छु,’ प्रमुख आयुक्त अयोधीप्रसाद यादवले भने, तसर्थ आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि उपस्थित हुन सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई निर्वाचन आयोग हार्दिक आह्वान गर्दछ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij