
काठमाडौं । कतार एयरवेजले फुटबलका दुई भाग्यशाली प्रशंसकलाई कलकत्तामा हुन लागेको फिफा अन्डर १७ को खेलको लागि टिकट प्रदान गरेको छ ।
कतार एयरवेजले गरेको सामाजिक संजालको प्रतियोगिताको आधारमा टिकट जितेका छन् । ‘कलकत्ता टुगेदर ह्यासट्याग’ प्रयोग गरेर खिचेर पठाएको फोटोको आधारमा उनीहरुको छनोट गरिएको थियो ।
इंगल्याण्डको टिमले स्मेनसँग खेलेर पहिलो स्थान हासिल गर्दा अवार्ड वितरण गर्दा कतार एयरवेजका कर्मचारीहरु पनि सहभागी थिए । उक्त खेल हेर्न कलकत्ताको विवेकानन्द युवा भारती क्रिरंगन मैदानमा ६६,००० मानिस सामेल थिए ।
कतार एयरवेज गु्रपका कार्यकारी महामहिम अक्बर अल बेकरले भने “भारतको वल्र्ड कप २०१७ मा सहभागी हुने सबै खेलाडीको लागि यो सान्दार खेल हो । फिफाको औपचारिक एयरलाइन पार्टनर हुनुमा र हजारौं फुटबलका प्रशंसकहरुसंग बसेर खुशी मनाउनुमा हामी गर्व गर्छौं ।”
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij