२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

बालकृष्ण ढुंगेललाई कडा सुरक्षाबीच डिल्लीबजार कारागार लगियो

बालकृष्ण ढुंगेललाई कडा सुरक्षाबीच डिल्लीबजार कारागार लगियो


काठमाडौं । प्रहरीले पक्राउ गरेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

मंगलबार बिहान सातदोवाबाटोबाट पक्राउ परेका नेता ढुंगेललाई जिल्ला अदालत काठमाडौंले फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार पठाएको हो । ढुंगेललाई दोषी ठहर गरेको फैसला जिल्ला अदालत ओखलढुंगाबाट फ्याक्समार्फत मगाएर छलफलपछि काठमाडौं जिल्ला अदालतले ढुंगेललाई डिल्लीवजार कारागार पठाएको हो । उनलाई सञ्चारकर्मीसँग प्रतिक्रिया दिन पनि नदिइकन कडा सुरक्षाका बीच कारागार पठाइएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइवीको टोलीले ढुंगेललाइ बिहान ११ बजे सातदोवाटोबाट पक्राउ गरेको थियो । अदालतले ढुंगेललाई दोषी ठहर गरेर सर्वश्वसहित जन्मकैदको फैसला सुनाएपछि उनी फरार थिए । दोषी ठहर गरेका ढुंगेललाई प्रहरीले पक्राउ नगरेको भन्दै प्रहरी महानिरीक्षकमाथि अदालतको मानहानी गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएको थियो ।

एक हप्ताभित्र पक्राउ गर्न आदेश गरे पनि नपक्रिएको भन्दै आइजिपीमाथि अदालतको अवहेलन मुद्दा कात्तिक ८ गते अधिवक्ता दिनेश त्रिपाठीले दायर गर्नुभएको थियो । त्यसको ६ दिनपछि ढुंगेल पक्राउ परेका हुन् । पक्राउ परेका ढुंगेललाई फैसला कार्यान्यनका लागि अहिले जिल्ला अदालत काठमाडौं लगिएको छ । जिल्ला अदालत ओखलढुंगाले ढुंगेललाई दोषी ठहर गरेको थियो । २०६६ पुस १९ गते जिल्ला अदालत ओखलढुंगाको सवोच्चले फैसला सदर गरेको थियो । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० गते हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij