२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

माओवादी नेता बालकृष्ण ढुंगेललाई जिल्ला अदालत लगिँदै

माओवादी नेता बालकृष्ण ढुंगेललाई जिल्ला अदालत लगिँदै


काठमाडौं । हत्यामा दोषी ठहर भइ पक्राउ परेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई फैसला कार्यान्यनका लागि जिल्ला अदालत काठमाडौं लगिने भएको छ । मंगलबार बिहान ११ बजे ललितपुरको सातदोबाटोबाट पक्राउ परेका ढुंगेललाई आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लैजान लागिएको प्रहरीको उच्च स्रोतले सेतोघर अनलाइनलाई जानकारी दियो ।

जिल्ला अदालत ओखलढुंगाले ढुंगेललाई दोषी ठहर गरेको थियो । २०६६ पुस १९ गते जिल्ला अदालत ओखलढुंगाको सवोच्चले फैसला सदर गरेको थियो । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० गते हत्या भएको थियो ।

अदालतले नेता ढुंगेललाई दोषी ठहर गरेर सर्वश्वसहित जन्मकैदको फैसला सुनाएपछि उनी फरार थिए । दोषी ठहर गरेका ढुंगेललाई प्रहरीले पक्राउ नगरेको भन्दै प्रहरी महानिरीक्षकमाथि अदालतको मानहानी गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएको थियो ।

एक हप्ताभित्र पक्राउ गर्न आदेश गरे पनि नपक्रिएको भन्दै आइजिपीमाथि अदालतको अवहेलन मुद्दा कात्तिक ८ गते अधिवक्ता दिनेश त्रिपाठीले दायर गर्नुभएको थियो । त्यसको ६ दिनपछि ढुंगेल पक्राउ परेका हुन् । पक्राउ परेका ढुंगेल माओवादी केन्द्रका पूर्व सभासद समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij