२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

बिर्तामोडको जनजीवन सामान्य बन्दै, १२ बजेसम्मलाई कर्फ्यु हट्यो

बिर्तामोडको जनजीवन सामान्य बन्दै, १२ बजेसम्मलाई कर्फ्यु हट्यो


झापा । झापा प्रशासनले शुक्रबार दिउँसो साढे १ बजेदेखि बिर्तामोडमा लगाएको कर्फ्यु आइतबार राति ९ बजेदेखि सोमबार १२ बजेसम्मलाई हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ ।

सुनसान बिर्तामोड बजारमा कर्फ्यु हटेसँगै सर्वसाधारणको चहलपहल बढ्दै गएको छ । यद्यपि, शैक्षिक संस्था र कार्यालयहरु भने अझै खुलेका छैनन् । प्रशासनले आइतबार राति ९ बजेदेखि बिहान ९ बजेसम्म मात्र कर्फ्यु खुल्ने बताएकाले ती कार्यालयहरु नखुलेका हुन् ।

‘हिजो राति ९ बजेदेखि बिहान ९ बजेसम्मलाई कर्फ्यु हटाइएको थियो’, झापाका प्रमुख जिल्लाका एक अधिकारीले भने, ‘बिहानको अवस्था हेरेर फेरि १२ बजेसम्मलाई कर्फ्यु हटाइएको हो ।’

उनले बिर्तामोडको जनजीवन विस्तारै सामान्य बन्दै गएको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij