
झापा । झापाको बिर्तामोडमा शुक्रबार दिउँसो १:३० बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगेको छ ।
जिल्लाको अर्जुनधारा नगरपालिकाका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कारबाहीको माग राख्दै स्थानीयले बिर्तामोडको मुक्तिचोकमा निकालेको र्याली हिंसात्मक बनेपछि कफ्र्यु लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।
“मुक्तिचोक पूर्व बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फ्यू लगाइएको हो ।” तिवारीले जानकारी दिए ।
र्यालीमा सहभागीले प्रहरीमाथि ढुङ्गा, इँटा, सिसा, बोत्तल प्रहार गरेका छन् भने प्रहरीले ६ दर्जन अश्रु ग्यास र २ दर्जन हवाइ फायर गरेको छ । ढुङ्गा प्रहारबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन, पूर्वसांसद प्रेम गिरीको मोटरसाइकल र दमकका निर्माण व्यवसायी राजकुमार थापाको हाइलक्स गाडी माथि क्षति पुगेको छ ।
झडपमा प्रहरी र स्थानीयसमेत घाइते भएका छन् । प्रहरीले ३० भन्दा बढी आन्दोलनकारीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij