काठमाडौं । पूर्व अधिराजकुमारी प्रेरणाले दाइजो स्वरुप पाएको जग्गा सरकारको नाममा आउने भएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्की, दिपककुमार कार्की र सपना प्रधान मल्लको पूर्ण इजलाशले यसअघिको संयुक्त इजलाशको फैसला उल्ट्याएको सर्वोच्च अदालतका प्रवक्ता विश्वराज पौडेलले बताए ।
यसअघि पूर्व प्रधानन्यायाधीश रामकुमार साह र न्यायान्धीश चोलेन्द्र शम्सेर राणाको संयुक्त इजलाशले तत्कालिन राजा ज्ञानेन्द्रले प्रेरणालाई दाइजो दिएको भनि दाबी गरिएको जग्गा प्रेरणा कै हुने फैसला सुनाएको थियो ।
उक्त फैसला विरुद्ध नेपाल ट्रष्टको कार्यालय र भूमिसुधार तथा व्यवस्था मन्त्रालयको तर्फबाट महान्यायधिवक्तको कार्यालयले पुनरावलोकनको माग गरी निवेदन दिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij