२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

भारतले न्युजिल्याण्डलाई ६ विकेटले हरायो

भारतले न्युजिल्याण्डलाई ६ विकेटले हरायो

काठमाडौं । भारतले न्युजिल्याण्डसँगको एकदिवसीय क्रिकेट श्रृङ्खला १/१ को बराबरीमा पुर्‍याएको छ ।

दोश्रो एकदिवसीयमा न्युजिल्याण्डलाई ६ विकेटले हराउँदै भारतले श्रृङ्खला बराबरी गरेको हो । न्युजिल्याण्डले दिएको २ सय ३१ रनको लक्ष्य भारतले ४ ओभर बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो ।

भारतलाई जिताउन शिखर धवनले ६८ र दिनेश कार्तिकले नटआउट ६४ रन बनाए । विराट कोहलीले २९ रन बनाए भने महेन्द्रसिंह धोनी १८ रनमा नटआउट रहे । यी दुई देशबीच अब एउटा एकदिवसीय र ३ वटा ट्वाण्टी–ट्वाण्टी खेल हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij