काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीलाई हटाउनु आपत्तिजनक विषय भएको बताएका छन् ।
सिइओ ज्ञवालीलाई नियम र कानूनअनुसार हटाउन नमिल्ने ओलीको भनाइ छ ।
एमालेले भोली राजधानीमा गर्न लागेको प्रदर्शनबारे जानकारी दिन पार्टी कार्यलयमा गरिएको पत्रकार सम्मेलनमा एमाले नेता ओलीले सत्तापक्षका नेताहरुले विभिन्न तालिमका नाममा प्राधिकरणमा पैसा मागेको र ज्ञवालीले नदिएपछि उनलाई हटाइएको दाबी गरे ।
उनले भने, ‘अर्थ मन्त्रालयले प्राधिकरणलाई बजेट दिएन, काममा पनि असहयोग गर्यो, अन्ततः कामै नगरेको भन्दै हटाइयो यो नियम र कानुन विपरित छ ।’
सिइओ हटाएर सरकारले भूकम्प पीडितसँग खेलवाड गरेको आरोप समेत ओलीले लगाए ।
ज्ञवाली ओली नेतृत्वकै सरकारको पालामा सीईओमा नियुक्त भएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij