२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

म्यान्चेस्टर सिटी र चेल्सी विजयी, म्यान्चेस्टर युनाइटेड पराजित

म्यान्चेस्टर सिटी र चेल्सी विजयी, म्यान्चेस्टर युनाइटेड पराजित


काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलहरुमा म्यान्चेस्टर सिटी र चेल्सी विजयी भएका छन् ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले बर्नलेलाई ३–० ले पराजित गरेको हो । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडलाई भने हडर्सफिल्ड टाउनले २–१ ले पराजित गर्‍यो ।

जोजे मौरिन्होको प्रशिक्षणमा रहेको म्यान्चेस्टर युनाईटेडको जारी सिजनमा यो पहिलो हार हो ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा चेल्सीले वाट्फोर्डलाई ४–२ ले हराँउदा न्युकासल युनाईटेडले क्रिष्टल प्यालेसलाई १–० ले पराजित ग¥यो । लेष्टर सिटीले स्वान्सी सिटीलाई तथा बर्नमाउथले स्टोक सिटीलाई समान २–१ गोल अन्तरमा पराजित गर्दा साउथह्याम्पटनले वेष्ट ब्रोमलाई १–० ले पराजित गरेको छ ।

प्रिमियर लिग फुटबलमा आज राति दुई खेल हुनेछन् । आज आर्सनलले एभर्टनसँग खेल्दा लिभरपुल र टोटनह्याम हट्सपर भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij