काठमाडौ । पूर्वी क्षेत्रमा बिहीबार मेघगर्जनसहित हल्का पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।
बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले अहिले बदली भएको पूर्वी क्षेत्रका केही ठाउँमा दिउँसोपछि मेघगर्जनसहित हल्का पानी पर्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अरु ठाउँको मौसम भने सफा हुनेछ । तर दिउँसो सफा रहेपनि राति काठमाडौं उपत्यकासहित मध्य क्षेत्रको मौसम पनि आशिंक बदली हुने उहाँले बताउनुभयो । भोलि पूर्वका केही र मध्यका एक दुई ठाउँमा हल्का पानी पर्ने मौसमविद् कँडेलको अनुमान छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij