सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ सशस्त्र प्रहरी बलको तर्फबाट युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयु) को रुपमा कार्य गरी स्वदेश फर्किएको एपीएफ टोलीलाई पौष २० गते सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित एक समारोहका वीच हार्दिक स्वागत गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक राईले सो अवसरमा एपीएफ टोलीको कार्यदक्षता तथा मिसनमा गरेको कार्य सम्पादनले अन्तर्राष्ट्रिय स्तरमा समेत सशस्त्र प्रहरी बलको प्रतिष्ठा बृद्धि भएको बताउनुभयो । मुलुक र संगठनप्रति सधैं बफादार भएर दायित्व निर्वाहमा कटिबद्ध रहिरहनु पर्ने उल्लेख गर्नुहुँदै उहाँले मिसनमा कार्यरत रहँदा सिकेका कुराहरुलाई कार्यक्षेत्रमा लागू गर्न निर्देशन दिनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक राईले संगठनको तर्फबाट यस्ता मिसनमा सहभागी हुन पाउनु एउटा अवसर भएको चर्चा गर्नुहुँदै यो अवसर प्राप्त गरेका सशस्त्र प्रहरी कर्मचारीले संगठन र नागरीक प्रति आफ्नो जिम्मेवारी अझै बढेको महशुस गरी कार्यक्षेत्रमा उत्कृष्ट योगदान पुर्याउन अझै प्रतिवद्ध रहनु पर्ने बताउनुभयो ।
सशस्त्र प्रहरी निरीक्षक मदन ढुंगानाको कमाण्डमा स्वदेश फर्किएको सो टोलीमा कूल १६० जना रहेका छन् ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक डा.कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, शैलेन्द्र खनाल र जीतबहादुर पुन लगाएत एपीएफ अधिकृत तथा जवानहरुको उपस्थित रहेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij