काठमाडौं । प्रहरीले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एयर अरेवियाको विमानबाट सुन बरामद गरेको हो । यद्यपि सुनको परिमाण खुलिसकेको छैन । बरामद सुन २० किलोको हाराहारीमा रहेको अनुमान प्रहरीले गरेको छ ।
सीआईबीको टोलीले सुनसहित बाँकेका गोपालबहादुर शाहीलाई पनि पक्राउ गरेको छ । सो विमानबाट पठाइएको लगेजबाट सुन बरामद भएको हो । उनी लगेज लिन विमानस्थल पुगेका थिए । प्रहरीले शाही र सुनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij