२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

नेपाल संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् सदस्यमा निर्वाचित, नेपाललाई एसियामा सबैभन्दा बढी भोट

नेपाल संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् सदस्यमा निर्वाचित, नेपाललाई एसियामा सबैभन्दा बढी भोट

काठमाडौँ । नेपाल संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित भएको छ। अमेरिकाको न्युयोर्कमा सोमबार साँझ भएको निर्वाचनमा नेपाल १६६ भोट पाएर सदस्य निर्वाचित भएको हो।

एसिया प्यासेफिक समूहबाट नेपालले सबैभन्दा बढी भोट पाएको हो। नेपाल, अफगानिस्तान, पाकिस्तान, कतार र मलेसिया गरी पाँच देश प्रतिस्पर्धामा थिए। यीमध्ये कतार, पाकिस्तान र अफगानिस्तान १९३ सदस्यीय परिषदमा एसिया प्यासेफिक समूहबाट निर्वाचित भएको हो। १२९ भोट मात्र पाएका कारण मलेसिया निर्वाचित हुन सकेन।

सन् २००६ मा परिषद् बने यता नेपालले पहिलो पटक सदस्यको हैसियतमा काम गर्ने भएको हो।

परिषद्‍मा नेपालको सदस्यता सन् २०१८ को जनवरी १ देखि सुरु भई २०२० को ३१ डिसेम्बरमा सकिनेछ।

परिषद् सदस्यमा विजय सुनिश्चित गर्न न्युयोर्क र जेनेभास्थित राष्ट्रसंघ हेर्ने नेपाली नियोगमार्फत राष्ट्रसंघ सदस्य मुलुकसँग लबिङ केही समयदेखि तीव्र पारिएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रसंघको ७२ औँ महासभामा न्युयोर्कमा सम्बोधन गर्दै नेपाललाई मानवअधिकार परिषद् सदस्यमा समर्थन गर्न विश्व समुदायलाई आह्वान गरेका थिए

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij