२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

डा. केसीको समर्थनमा निकालिएको खबरदारी र्‍याली

डा. केसीको समर्थनमा निकालिएको खबरदारी र्‍याली

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनरत डा। गोविन्द केसीको समर्थनमा आज काठमाडौंमा खबरदारी र्‍याली निकालिएको छ।

मध्यान्ह १२ बजे माइतीघर मण्डलाबाट निकालिएको र्‍याली बानेश्वर पुगेर टुंगिएको थियो। सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सले र्‍याली निकालेको हो।

माथेमा प्रतिवेदनको भावनाअनुरुप चिकित्सा शिक्षा ऐन सांसदबाट पास गर्नुपर्ने केसीको माग पूरा नगरी आज संसद अन्त्य हुँदैछ।

दबाव र्‍याली चिकित्सा शिक्षा ऐनको विरोध गर्ने सांसदहरु र भ्रष्टाचारको मुद्दामा केन्द्रित भएको आयोजकले जनाएको छ। डा. केसी १३ औं पटक अामरण अनशन बसिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij