काठमाडौं । बुद्ध एयरले सन् २०२१ बाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने जनाएको छ। बुद्ध एयरले पोखराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएलगत्तै त्यहीँबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भएको हो।
अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक विमान किन्न बुद्ध एयरले युरोपेली विमान निर्माता कम्पनी एयरबससँग पनि छलफल अघि बढाएको छ।
‘अन्तर्राष्ट्रिय उडानका लागि हाम्रो व्यापारिक योजना तयार हुँदैछ,’ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने, ‘२०२१ को अगस्टबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने हाम्रो योजना छ।’
आफ्नो स्थापनाको दुई दशक पूरा गरेको बुद्ध एयरले ७२ सिट क्षमताको दुई ओटा एटिआर७२–५०० विमान किन्ने तयारी गरिरहेको जनाएको छ। अर्को वर्षको जुन महिनाभित्र दुई ओटै विमान भित्र्याइसक्ने सो एयरलाइन्सले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij