काठमाडौं । फिल्म ‘एश्वर्य’ले अभिनेत्री केकी अधिकारी सहितको पोष्टर सार्वजनिक गरेको छ। ट्रेलरमा मात्र सार्वजनिक भएकी केकीलाई नयाँ पोष्टरमा अभिनेता रमेश उप्रेतीको साथमा देखाइएको छ।
सुरुवातदेखी नै निर्माण पक्षले अभिनेत्री केकीलाई लुकाउँदै आएको थियो। प्रचारप्रसारको सामाग्रीमा नव–नायिका दिपिका प्रसाईलाई प्रचार गर्दै आएको निमार्ण पक्षले केही समयअघि सार्वजनिक भएको ट्रेलरमा पहिलो पटक उनलाई सार्वजनिक रुपमा देखाएको थियो। निमार्ण पक्षले फिल्मको योजना अनुसार नै उनलाई यसरी प्रस्तुत गरेको बताएको छ।

फिल्ममा रमेश उप्रेती, केकी अधिकारी, प्रशान्त ताम्राकार, दीपिका प्रसाई, अर्जुन श्रेष्ठ, निर्मल शर्मा लगायतको अभिनय रहेको छ। रमेश उप्रेती प्रस्तुतकर्ता रहेको फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेको छ। निर्माता निर्मल शर्मा साह रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ।
फिल्म ‘ऐश्वर्य’ कार्तिक ९ गते प्रदर्शन हुने तयारीमा छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij