काठमाडौं । तपाईंलाई कुनै एयरपोर्ट किन याद हुन्छ ? कुनै यात्रीलाई एयरपोर्टको लामो लाइन, एजेन्टका अनुहार, महँगा सामान वा फ्लाइटमा भएको ढिलाइ वा त्यसको लाउन्जका कारण सम्झिरहन्छन् ।
जब बीबीसी ट्राभलले यो प्रश्न वेबसाइट क्योरा डटकममा हाले तब मानिसहरुले एयरपोर्टको टेकअफ वा ल्याण्डिङको विशेष अनुभवका कारण याद हुने बताए ।
साधारणतया एयरपोर्टको रनवेको लम्बाई १८ सय मिटरदेखि २४ सय मिटरसम्म हुन्छ । तर जुन ६ रनवेको क्योरा प्रयोगकर्ताले सेलेक्ट गरे, ती लम्बाईमा मात्र छोटो नभई खतरनाक स्थानमा पनि छन् ।
१. नेपालः तेन्जिङ हिलारी एयरपोर्ट
नेपालको तेन्जिङ हिलारी एयरपोर्टको रनवेलाई तपाईं रोमाञ्चकताको दोस्रो नाम भन्न सक्नुहुन्छ । हिमालको चुचुराका बिचमा बसेको शहर लुक्लामा छ ४ सय ६० मिटर लामो रनवे ।
जसका कारण यहाँ साना विमान र हेलिकोप्टर मात्र ल्याण्ड गर्न सक्छ । रनवेको उत्तरमा हिमालका चुचुरा छन् भने दक्षिणमा ६ सय मिटर गहिरो खाल्डो । एउटा गल्ती दुर्घटनाका लागि जिम्मेवार हुनेछ ।
क्योरा वेबसाइटको प्रयोग गर्ने एमी रबिन्सन भन्छिन्, ‘सगरमाथा चढ्ने मानिसहरु यसै एयरपोर्टमा उत्रिनुपर्ने हुन्छ । संसारको सबैभन्दा खतरनाक एयरपोर्टमध्ये एक हो यो ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij