रुपन्देही । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धनले माओवादी केन्द्र एमालेमा विलयको संभावना बढेको बताउनुभएको छ ।
रुपन्देहीको गैडहवामा भएको कार्यक्रममा उहाँले चुनावपछि माओवादी केन्द्रको एमालेसँग पार्टी एकता होइन उसको हैसियत अनुसार विलय हुने बताउनुभयो ।
उहाँले राजपा र संघीय समाजवादी फोरम नेपालबिच चुनावी गठबन्धन निश्चित भइसकेको बताउँदै कांग्रेससँग मिलेर बन्ने लोकतान्त्रिक गठबन्धनको विषयमा सघन छलफल भइरहेको बताउनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij