२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कोटेश्वर-कलंकी सडक: ४ बर्षमा बल्ल आधा काम

कोटेश्वर-कलंकी सडक: ४ बर्षमा बल्ल आधा काम

काठमाडौं । कोटेश्वर-कलंकी सडक खण्ड सुधार गर्ने काम थालेको ४ बर्षभन्दा बढी भइसकेको छ ।

कामले गति लिन नसक्दा चार बर्ष बित्दा बल्ल आधा काम सकिएको काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर निरञ्जन शर्माले देशमा भएको प्रमुख घटना भूकम्प, नाकाबन्दीका कारण काममा देखिने गरी प्रगति नभएको बताए ।

आयोजनाले काम सम्पन्न गर्न तोकेको म्याद सकिन अब ९ महिनामात्रै बाँकी छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

सन् २०१३ सेप्टेम्बर १३ मा निर्माण सुरु गरेको निर्माण पक्षले विविध कारणवस काम गर्न नसकेपछि सन् २०१८ जुलाई ३१ भित्र काम सम्पन्न गर्न आयोजनालाई म्याद थप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij