२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

दुई आत्मघाती गोल र चार गोल गरेको उरुग्वे विश्वकपमा छानियो

दुई आत्मघाती गोल र चार गोल गरेको उरुग्वे विश्वकपमा छानियो


काठमाडौं । उरुग्वे आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको अन्तिम खेलपछि उरुग्वेले रुस यात्रा तय गरेको हो । घरेलु मैदानमा भएको खेलमा उरुग्वेले बोलिभियालाई ४–२ ले हराएको हो ।

यो खेलमा सबै ६ गोल उरुग्वेले गरेको हो । २४ औं मिनेटमा गास्तोन सिल्भाले आत्मघाती गोल गरेपछि बोलिभियाले अग्रता लियो । तर ३९ औं मिनेटमा मार्टिन कासेरेसले उरुग्वेका लागि बराबरी गोल फर्काए । ४२ औं मिनेटमा एडिसन काभानीले गोल गर्दै अग्रता २–१ मा पुर्‍याए ।

लुइस स्वारेजले ६० र ७६ औं मिनेटमा गरी दुई गोल गरेपछि उरुग्वेले ४–१ को अग्रता लियो । तर ७९ औं मिनेटमा डिएगो गोडिनले आत्मघाती गोल गरेपछि बोलिभियाको पक्षमा दुई गोल भयो ।

दुई आत्मघाती गोल र चार गोल पछि ४–२ ले विजयी भएको उरुग्वे ३१ अंकसहित दोस्रो स्थानमा रहँदै रुस विश्वकपका लागि छनौट भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij