२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

ट्रम्पका पत्नीहरुबीच यस्तो विवाद

ट्रम्पका पत्नीहरुबीच यस्तो विवाद

काठमाडौं । अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्पकी पुर्वपत्नी ईवाना ट्रम्पले एबीसी न्युजको गुड मर्निङ अमेरिका कार्यक्रममा आफु नै प्रथम महिला भएको बताएकी छिन् ।

उक्त कार्यक्रममा बोल्दै उनले भनिन् म ट्रम्पकी पहिलो पत्नी हुँ, म नै प्रथम महिला हुँ ।

चेन गणराज्यकी पुर्वमोडल ईवानले ह्वाईट हाउससंग उनको सीधा सम्पर्क रहेको तर यसबाट कसैलार्य जलन होस् भन्ने आफुले नचाहेको बताईन् ।

आफ्नो किताव रेसिङ ट्रम्प प्रकाशित हुन लागेकाम त्यसको पचारमा लागेकी ईवान ट्रम्प उक्त कार्यक्रममा सहभागी भएकी थिईन् ।

कार्यक्रममा उनले कितावको चर्चा गरेकी र्थिइन् ।

ईवान र डोनाल्ड ट्रम्पको विवाह सन् १९७७ मा भएको थियो ।

उनीहरुबीचको सम्बन्ध सन् १९९० को दशकसम्म कायम थियो ।

यसबीच डोनाल्ड ट्रम्पको मार्ला मेपल्स नामकी एक महिलासंग अफेयर चलेपछि सन् १९९२ मा उनले सम्बन्धन विच्छेद गरेकी थिईन् ।

मार्लाले पछि डोनाल्ड ट्रम्पसंग विवाह पनि गरिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij