२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मिस अर्थमा ‘मिस अर्थ नेपाल’ रोजिना श्रेष्ठ

मिस अर्थमा ‘मिस अर्थ नेपाल’ रोजिना श्रेष्ठ


काठमाडौं । हिडन ट्रिजर आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१७’ मा मिस नेपाल अर्थ छानिएकी रोजिना श्रेष्ठ मिस अर्थमा सहभागिताको लागि फिलिपिन्स पुगेकी छिन् ।

८८ देशका सहभागीहरुसँग उनको प्रतिस्पर्धा हुनेछ । अक्टोबर ७ मा फिलिपिन्स प्रस्थान गरेकी उनले फेसबुममार्फत दैनिकी बारे जानकारी गराइ रहेकी छिन् ।

ब्रिफिङ सेसन, इन्भाइरोमेन्टल सेमिनार र स्कूल टूरमा उनले अन्य प्रतियोगीसँगै सहभागिता जनाइन्।

मिस अर्थको यो १७ औं संस्करण हो। ‘हिरोइन् फाइटिङ क्लाइमेट चेन्ज’ योपटकको थिम हो। आउँदो ४ नोभेम्बरमा हुने फिनालेमा पूर्व मिस अर्थ क्याथरिन एस्पिनले विजेतालाई ताज पहिराउने छिन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij