काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई गोली हानेको एक घण्टापछि निर्माण व्यवसायी समेत रहेका कांग्रेस नेता जिपछिरिङ लामालगायतलाई पनि फोन आएको थियो ।
सो गोली आफूले हानेको भन्दै फोन गर्नेले एक करोड रकम मागेको लामाले बताए ।
लामाले भने,
-मलाई नो कल आएडीबाट चारपटक फोन आयो ।
-एक करोड रुपैयाँ माग्दै उनीहरुले धम्क्याएका छन् ।
डेढ महिनाअघि पनि पैसा माग्दै आफूलाई फोन आएको लामाले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij