विराटनगर । भारतबाट अवैध रुपमा नेपाल भित्राउँदै गरेको चाँदीसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
उनको साथबाट १ लाख ३० हजार मूल्य बराबरको २ केजी चाँदीका विभिन्न सामाग्री प्रहरीले बरामद गरेको छ ।
शुभ दिपावलीमा बढी मात्रामा बिक्री हुने चाँदीको विभिन्न सामाग्री नेपाल भित्राउँदै गर्दा विराटनगर-१५ हुलास मेटल चोकबाट भारतको अरिया जोगवनी ग्रामपंचायत १ का १९ वषिर्य दिपककुमार साहलाई इलका प्रहरी कार्यालय रानी विराटनगरले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गरि पक्राउ परेका साहको साथबाट गणेश भगवानको ९ थान र लक्ष्मीमाताको १० थान चाँदीको मुक्ति बरामद गरेको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।
त्यस्तै चाँदीको चम्चा १२ थान, लोटा ९ थान, आँचमानी १० थान, छतनी २५ थान पन्चपात्र ९ थान साहको साथबाट बरामद गरेकेा मोरङ प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको चाँदी आइतबार क्षेत्रिय राजस्व अनुसन्धान केन्द्र इटहरीमा बुझाउने एसपी बिसीले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij