२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

माधव नेपाल ३ ठाउँबाट उम्मेदवार सिफारिस

माधव नेपाल ३ ठाउँबाट उम्मेदवार सिफारिस

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आसन्न प्रतिनिधिसभा सदस्यको उम्मोदवारका लागि रौतहट र काठमाडौंका तीन निर्वाचन क्षेत्रबाट सर्वसम्मत रुपमा सिफारिस भएका छन् । संवैधानिक बाध्यता अनुसार नेपालले एउटा मात्र क्षेत्रबाट उम्मेदवार बन्न पाउनेछन् । काठमाडौं २ बाट सर्वसम्मत सिफारिस भइसकेका नेपाललाई रौतहटका दुई क्षेत्रबाट सिफारिस गरिएको जिल्ला अध्यक्ष कमल राय यादवले बताए । नेपाललाई रौतहट १ र ४ बाट सिफारिस गरिएको हो ।

२०७० को संविधानसभा निर्वाचनमा नेपाल काठमाडौं २ र रौतहट १ बाट निर्वाचित भएका थिए । उनले पछि काठमाडौं २ छाडेर रौतहट १ कायम गरेका थिए । तर, यसपटक स्थानीय चुनावमा गृहनगर गौरसहित रौतहटका सबै स्थानीय चुनावमा एमालेले हाले हारेपछि नेता नेपाल काठमाडौंबाट चुनाव लड्ने तयारीमा छन् ।

आफू र आफूले अघि सारेका व्यक्तिलाई रौतहटका जनताले विश्वास नगरेको भन्दै नेपालले रौतहटबाट चुनाव लड्न नचाहेको स्रोतले जनाएको छ । नेपाल नलडेमा उनले भनेका व्यक्तिले टिकट पाउने छन् । नेपाल सिफारिस भएको रौतहट ४ मा उनी नउठे अहिलेका सांसद रामकुमार भट्टराईले दाबी गरेका छन् । तर, भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा चन्द्रपुर नगरपालिकामा भट्टराई पक्षको अन्र्घातले मेयर हारेको भन्दै एमाले कार्यकर्ताले उनको बिरोध गरेका छन् ।

एमालेमा नेपाल बाहेक अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष बामदेव गौतम र भीम रावल पनि एक भन्दा बढी ठाउँबाट उम्मेदवार सिफारिसमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij