सप्तरी । एक सातादेखि भारतमा थुनामा रहेका देव

नारायण यादव र उनका छोरा अजय शनिबार रिहा भएका छन् । विहार राज्यको सुपोल जिल्ला स्थित अदालतको आदेशमा देवनारायण बाबुछोरा शनिबार साधारण तारेखमा रिहा भएका हुन् । उनीहरुविरुद्ध अपहरण मुद्दा लगाइएको थियो ।
उनीहरु केहीबेरमा नेपाल आइपुग्ने सप्तरीका प्रहरी प्रमुख मुकेस सिंहले बताएका छन् । भारतकी ज्योति साहले केही महिनाअघि अजयसँग भागी विवाह गरेका थिए । त्यसबेला नै देवनारायण बाबुछोरासहित चार जनाविरुद्ध अपहरणको मुद्दा गरेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij