नेकपा एमालेसँग चुनावी तालमेलसहित पार्टी एकीकरण गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कदमप्रति माओवादीकै कतिपय नेताले कडा शब्दमा विरोध गरेका छन् । विरोध गर्नेमा माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल किराँती पनि छन् ।
एमालेसँग चुनावी तालमेल गरेर पार्टी एकीकरण गर्ने भनेर प्रचण्डले आत्मसमर्पण गरेको किराँतीको आरोप छ । बुधवार विहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै किराँतीले माक्र्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्धालाई धरापमा पारेर प्रचण्ड समूहले एमालेमा विलय हुने घोषणा गरेका बताएका छन् ।
नेता किराँतीले माओवादी केन्द्रलाई पुनर्गठन गर्न समेत आह्वान गरेका छन् । ‘माक्र्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्धालाई धरापमा पारेर प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पूनरगठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु,’ किराँतीले फेसबुकबाट भनेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij