दीपक घिमिरे काठमाण्डू प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिहरुको गठबन्धन बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ । यो कसरी सम्भव भयो ? धेरैलाई चासोको विषय बनेको छ । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपाल बाम गठवन्धन बनाउन भन्दै पार्टी एकीकरणसम्मको अवस्थामा पुगेपछि नेपाली काँग्रेस लोकतान्त्रिक गठवन्धन बनाउन तातेको हो ।
मुलुकको समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आह्वान गर्नुभएको राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा (प्रजातान्त्रिक) र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष सम्मिलित बैठकले सो निर्णय गरेको हो ।
बैठकले कार्यगत एकताका लागि कार्यदल समेत बनाएको छ । कार्यदलमा काँग्रेसका तर्फबाट दुई जना र अन्य दलबाट एक/एक जना सदस्य रहने निर्णय गरिएको काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij