२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

पुर्वाञ्चलमा अल स्टार नेपाल नेक्स्ट टप मोडलको अडिसन हुँदै

पुर्वाञ्चलमा अल स्टार नेपाल नेक्स्ट टप मोडलको अडिसन हुँदै

छनाैट भएकाहरू चलचित्र तथा म्युजिक भिडियाेमा खेल्न पाउने

काठमाडौँ :
पुर्बान्चलको विभिन्न शहरमा अल स्टार नेपाल्स नेक्स्ट टप मोडलको अडिसन हुने भएको छ l  महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले अल स्टार नेपाल्स नेक्स्ट टप मोडल प्रतियोगिताको आयोजना गर्ने भएको हो l 
यहि असोज २२ गते आइतबार बिरेन्द्र बजार, असोज २३ गते गोलबजार, असोज २५ गते लाहान र असोज २६ गते जनकपुरमा अडिशन सुरु हुनगइरहेको उक्त सौन्दर्य प्रतियोगितामा भबिष्यमा नेपालबाट अन्तराष्ट्रिय स्तरमा विभिन्न प्रतिष्पर्धाहरुमा प्रतिनिधित्व गराउने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको मोडल तथा सङस नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताउँछन् l

प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि २५ बर्ष सम्म र महिलाको उचाइ ४’ ८” र पुरुष ५’३”भन्दा माथिका प्रतियोगीहरु हुनु पर्नेछ l उक्त प्रतियोगिताको बिजेताले रु २५,००० हजार नगद तथाअन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनुको साथै चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरवार्ता लगायतमा सहभागिता हुन पाउनेछन् l

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij